सर्जन कुमार शाही – मुगु
मुगु, मुगु जिल्लामा लामो समयदेखी काम गर्दै आइरहेकोको गैरसरकारी संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज बिकास केन्द्र (CDS -PARK ) मुगुले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै निरन्तर रुपमा काम गर्दै आइरहेको छ ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सिकाईको पहिलो खुट्टकिलो घर, परिवार , समुदाय र बिधालय भएकाले यसै क्षेत्रलाई आफ्नो लक्ष्य बनाई धमाधम व्यावहारिक शिक्षा सिकाइ रहेको छ ।
अहिलेलाई मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाका छ वटा माध्यमिक विद्यालय वडा नं १, ७,९,१३,११ र १४ लाई सिकाइको केन्द्र बनाएर कक्षा-७,८,९ लगायत वडा नं १ को नमुना उच्च माध्यमिक बिधालयमा कक्षा ११- १२ लाई प्राथमिकता राखेको छ ।
समुदायमा ७,८,९,११ , १३ र १४ का सामुदायिक बिधालयमा उमेर समुह १५ वर्ष देखि ३५ वर्ष उमेर समुहलाई महिला पुरुष कुनैले यौन शिक्षा र उनीहरुको अधिकारको बारेमा वकालत गर्ने कार्य निरन्तर चलिरहेको छ ।
एउटा विद्यालयमा १५ र समुदायमा १५ जनाको समुह निर्माण गरि प्रत्येक हप्ताको शुक्रवार विद्यालयमा र प्रत्येक हप्ताको शनिकार समुदायमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सचेतना र शिक्षा दिने कार्ययोजना बनाई निरन्तर रुपमा CDS-PARK मुगुले गरिरहेको छ ।
पहिले दिनहरूमा यौन शिक्षा र सामग्री कण्डम वा अस्थाई साधनको बारेमा जानकार नभएको कारण मानिसहरू लजाउने वा बोल्नलाई साह्रै गाह्रो मान्ने गर्दथे । अहिले CDS-PARK मुगुले गरेको निरन्तर प्रयासले र दिएको शिक्षाले बिधालय र समुदायका मानिसहरु यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारे निर्धक्क भएर बोल्न सक्ने भएका छन् ।
अहिले CDS- Park मुगुले छ जना सहजकर्ताद्वारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि विद्यालय र समुदायलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य शिक्षा निरन्तर रुपामा दिने गरेको CDS -PARKA मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताए ।
यस अघि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि समाचार संकलन र प्रसारण गर्ने मुगु जिल्लाका केहि पत्रकारहरुलाई CDS -PARK मुगुले सम्मान समेत गरेको थियो ।
फाेटाेफिचर





