साताैँ अध्यक्ष कप तथा गेरुवा गाउँपालिकाका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ सम्पन्न भएको छ।
कल्पेश्वर महादेव खेलमैदान मा भएको साे खेल गत बिहीबार देखि सुरु भएको थियोे । तीन दिन सम्म चलेको उक्त खेल स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको हाे ।
साे खेलकाे महाकुम्भमा मावि तर्फबाट एकप्रिय राठाेर माविले ५३ मध्ये २९ गाेल्डमेडल १८ रजत र १९ कास्य हात पार्दै प्रथम स्थान हासिल गरेकाछन् ।
आ.वी तर्फ ८ गाेल्डमेडल, २ रजत र १ कास्य हातपारी श्री सर्वस्वती आधारभूत विध्यालय जाेधीपुर प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै प्राथमिक तर्फ ३ गाेल्डमेडल २ रजत १ कास्य गरि प्रथम स्थान श्री किसान प्राथमिक विद्यालय खाेनपुर भएको हाे ।
उक्त कार्यक्रमकाे समापनमा प्रमुख अतिथि गेरुवा गाउँपालिका अध्यक्ष जवान सिंह केसी र विशिष्ट अतिथिमा उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, गेरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज अधिकारी , अतिथिमा १-६ वडाका वडा अध्यक्षहरु रहेको थियो भने सभापतिमा नेपाल राष्ट्रिय गणेश मावी पर्सेनीका स्कुल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गाेपाल चाैधरी काे गरिमामय उपस्थित रहेको थियोे । कार्यक्रम समापनमा विभिन्न झाकी सहित साँस्कृतिक कार्यक्रमले थप आक्रषण गराएका थिए ।
फाेटाेफिचर







