सर्जन कुमार शाही
मुगु १६ मंगसिर
रारा राष्ट्रिय निकुञ्जले जिल्लामा क्रियाशील पत्रकारहरूसँग बन्जन्य बन्यजन्तु अपराध नियन्त्रणकालागी रारामा अन्तरक्रिया कार्यक्रमआयोजना गरेको छ।
रारा राष्ट्रिय निकुञ्जमा हुने विभिन्न आपराधिक गतिबिधिमा कमी ल्याई राष्टिय निकुन्जको प्राकृतिक वातावरणलाई सुन्दर, बनाउने त्यहाको जङ्गल बन्यजन्तुलाई कसरी चोरी सिकारी अपराध नियन्त्रण गर्नसकिन्छ भन्ने उद्देश्यकासाथ पत्रकार संगअन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले हालसम्म निकुञ्ज कार्यालय,नेपाली सेना र मध्यवर्ती ब्यवस्थापन समितीले राराको जैविक,प्राकृतिक सम्पदाको संरक्षण र वन तथा वन्यजन्तुसङ्ग सम्वन्धित अपराध नियन्त्रणका लागि भए गरेका प्रयास र कृयाकलावहरु बारे जानकारी गराएका थिए ।
संरक्षण अधिकृत नौपानेले जैविक विविधताको संरक्षणमा आइरहेका चुनौतीहरूबारे जानकारी गराउँदै चोरी सिकारीको समस्या अझै विद्यमान रहेको बताए। उनले चोरी सिकारी नियन्त्रणका लागि स्थानीय रारा राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दा, समुदाय, सुरक्षाकर्मी, र पत्रकारहरूको सहकार्य अनिवार्य रहेको उल्लेख गरेका थिए ।
निकुञ्ज भित्र रहेका जलिय तथा वन्यजन्तु,वनजन्य प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि राज्यले रारामा नेपाली सेना, निकुञ्ज कार्यालय र कर्मचारी खटाए पनि सोचेजस्तो संरक्षण नभएको र कहाँ हामी चुक्यौ ती छिद्रहरु पहिचान गरि राराक्षेत्रमा रहेका रुख, फुल, जडिबुटीका प्रजाती, जलिय जन्तु,वन्यजन्तु र रारा तालको संरक्षणमा कठोर नीति अवलम्वन गर्नु पर्ने नेपाल पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले सुझाव दिए ।
संरक्षणका लागि राज्यले नियम,कानुन बनाए पनि फितलो कार्यान्यन हुदा र आफ्नो जिम्मेवारी निकुञ्ज कर्मचारी, नेपाली सेना र समुदायले नबुझ्दा वनजन्य तथा वन्यजन्तुसङ्ग सम्वन्धीत अपराध नियन्त्रणमा समस्या आएकोले आ आफ्नो जिम्मेवारी र कर्तव्य सबैले बोध गर्नु पर्ने र जनचेतना जगाएर संरक्षण सम्वन्धी जनतालाइ राज्यले सु सुचित गर्नुपर्ने मुगु जिल्लाका वरिष्ठ पत्रकार तथा पत्रकार महासङ्ग मुगु शाखाका सस्थापक अध्यक्ष विनोद कुमार मल्लले सुझाव दिएका थिए ।
केही वर्ष पहिला रारा राष्ट्रिय निकुञ्जको बाटो भएर खत्याड गाउपालिका आफ्नो घर तिर जादा र सदरमुकाम गमगढी आउदा रारा क्षेत्रमा अनेकौ वन्यजन्तु, चराचुरुङ्गी, विभिन्न प्रजातिका फुलहरु देख्ने गरेपनी २/४ वर्ष यता निकुन्जमा वन्यजन्तु, चराचुरुङ्गी, फुल कमै देखिने गरेकोले राज्यले कति संरक्षण गरेको रहेछ छर्लङ्गै भएको र आगामी दिनमा यस्लाइ सुधारका कार्यहरु गर्न जरुरी देखिएको पत्रकार अच्युत राज भण्डारिले सुझाव दिए ।
कार्यक्रममा चोरी सिकार नियन्त्रण, पर्यावरणीय सुरक्षा, र पर्यटक आकर्षणका विभिन्न पहलबारे छलफल गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा रारा राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपाने,सुचना अधिकारी धर्मजित साउत, हनुमान ध्वज गुल्मका गुल्मपती बसन्तनाथ योगि ,निकुञ्जका कर्मचारी र मुगु जिल्लामा कृयाशिल पत्रकारहरु सहभागी थिए ।





