हरि बिक/बर्दिया ज्याेती बहुउद्देश्यीय सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।
श्री ज्याेति बहुउद्देश्यीय सहकारी संस्था लि. कमलपुर गुलरिया नपा-१ काे तेश्राे वार्षिक साधारणसभा तथा नयाँ सञ्चालक र लेखा समिति सर्वसम्मत निर्वाचि गर्दै सम्पन्न भएको छ।
साधारणसभामा अध्यक्ष प्रतापकुमार गाैतमले संस्थाले गरेका प्रगति विवरण तथा आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर सदस्यहरुले आलस (अर्सि) , मकै,जौ र दुध उत्पादनका लागि आगामी वर्षको कार्यक्रममा सर्वसम्मत पास गरेको छ।
बजार भाउ राम्रो भएकोले सेयर सदस्यहरुले पनि प्राथामिकता दिएर उत्पादनमा लाग्नुपर्ने र सहयाेगी संघसंस्थाहरुलाई सहकार्यका लागि अनुराेध गर्न निर्णय गरिएको साधारणसभाबाट पास भएको छ।
साधारणसभाले प्रतापकुमार गाैतमकाे अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र हरि विककाे नेतृत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत निर्वाचित गरेकाे छ।जसमा अध्यक्ष प्रतापकुमार गाैतम, उपाध्यक्ष सीता थारु, काेषाध्यक्ष मिथिलेशकुमार यादव, सचिव अरविन्दकुमार यादव, सहसचिव कल्पना चाैधरी, सदस्य रुपमाया थारु र स्यानी थारु र लेखा समिति संयाेजक हरि विक, सदस्य शुभान चाैधरीर वसन्ती थारु चयन हुनुभएको छ।
साथै आगामी वर्षका लागि साढे ५ लाख आय व्ययकाे बजेट साधारणसभाले पास गरेकाे छ। साथै आव २८०/ ०८१ काे साढे ४ लाख आय व्यय पास गरेको छ।





