सर्जन कुमार शाही
पुस ६ मुगु
मुगुमा एक जना बालको लडेर मृत्यु भएको छ । छायांनाथ रारा नगरपालिका १४ बाम गाउँका पृथ्वी बढुवालका छोरा अन्दाजी १० बर्षका बालक किसान बढुवालको लडेर मृत्यु भएको हो । सदरमुकाम गमगढि बजार स्थित साेरु जाने बाटाे नजिकै राज बहादुर भग्रि काे घरमा पृथ्वी बढुवालका परिवार घर भाडामा बस्दै आएका थिए ।

शनिबार ४ बजे पृथ्वी बढुवालका छोरा किसान बढुवाल भाडामा बस्दै आएको घर राज बहादुर भग्रिकाे तीन तला घरकाे छतमा भाईहरुसंग खेल खेलिरहेको अवस्था घरबाट तल खसेर टाउकाको बायाँ पट्टी गहिरो चाेट लागेको जनाईएको छ । लडेर घाइते भएका बालक बढुवालको उपचारको लागि जिल्ला अस्पताल ठिनिमा लगिएको भएको भएपनि टाउको बायाँ पट्टी गम्भीर चोटलागेको हुनाले उपचार गर्दै गर्दा उपचारको क्रममा मृत्यु भएको जिल्ला अनुसन्धान स्रोतले जनाएको छ ।

मृतक बढुवालको लासलाई अहिले जिल्ला अस्पतालको सव गृहमा राखिएको छ । आईतवार मृतकका आफन्त आएपछि पाेष्टमाटम गरिने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here