सुनसरीको विभिन्न तीन स्थानमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तु विस्फोटक पदार्थ अथवा बम हुन सक्ने प्रहरीको अनुमान छ ।
इटहरी उपमहानगरपालिका कार्यलयको प्रवेशद्वार नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुलमुनि र धरानको भोटेपुल नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
ती ठाउँमा कालो झोलामा राखिएको उक्त शंकास्पद वस्तुलाई पुष्टि र निस्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ ।
ठूलो आकारमा देखिएको वस्तु विस्फोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउँदै वस्तुको नजिक कसैलाई पनि जान दिएको छैन ।





