मनिष बि.के/ डडेल्धुरामा फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने भएको छ। ‘डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार ,कृषि पर्यटन उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा डडेल्धुराको आयोजनामा जिल्लाको अमरगढी नगारपालिका–४ टुडिखेलमा महोत्सव हुन लागेको हो।

महोत्सवमा स्थानीय कला र संस्कृतिको पहिचान, धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसार तथा डडेल्धुराको भेषभूषालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखिएको आयोजक समितिका अध्यक्ष गणेश केसीले जानकारी दिनुभयो।

महोत्सवमा बालउद्यान, सांस्कृतिक झाँकी, सुदूरपश्चिम प्रदेशका कला तथा सांस्कृतिक प्रदर्शनी, बडालको चौलो, महिला–पुरुष देउडा, स्थानीय उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी तथा बिक्री, विभिन्न कम्पनीका स्टलहरू रहनेछन्। साथै, राष्ट्रिय स्तरका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति समेत समावेश गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here