क्षितिज मगर/चितवन

भरतपुर महानगरपालिका -४ अन्तर्गत पर्ने गैँडाचाेककाे पक्की कालोपत्रे सडकमा खाल्डाखुल्डी परेको करिब २ बर्ष भैसकेको छ । स्थानीयकाे भनाइ अनुसार उक्त खाल्डाखुल्डी काे कारण दर्जनौं दुई पाङ्ग्रे सवारीसाधनहरु दुर्घटना परिसकेको  छ ।

आइतबार राति परेकाे पानीले भरिएको खाल्डाखुल्डी ।

साेहि चाेक काे सडक प्रयोग गरेर दैनिक दर्जनौं टिप्फरहरु नारायणी तिर बाट नदिजन्य वस्तुहरु बालुवा, गिट्टी र ढुङ्गा लिएर निस्कन्छन्  ।

उक्त सडकको दुराअवस्थाकाे कारण सर्वसाधारणहरुले सास्ती भाेगीरहेकाे जानकारी सडक विभाग भरतपुरलाई बताएपछि सडक विभागले निरिक्षकाे लागि इन्जिनियर सिला न्याैपानेलाई पठाए ।

सडककाे खाल्डाखुल्डी बाट जाेगिन प्रयासरत साईकलयात्री ।

सडकको अवस्था र निर्माणकार्यकाे जिम्मा पनि भर्खरै भरतपुर महानगरपालिकाले सडक विभागलाई नै दिएकाले तत्कालै पहलकदम चाल्ने बताए पनि स्थलगत निरिक्षण गरेको करिब ३ महिना बितिसक्दा पनि निर्माणकार्य नभएपछि ढिलासुस्तीकाे कारणबारे जवाफ माग्दा इन्जिनियर न्याैपानेले निर्माण कम्पनी सँग कन्ट्याक्ट् काे लागि पहल गर्दा समय लागेको र उक्त सडकखण्ड निर्माणकाे लागि भर्खरै बिएमआर कन्ट्रक्सनलाई जिम्मा दिएको उनले नागरिक पत्रीका सँग बताइन् ।

निर्माणकार्य कहिलेदेखि सुरु हुन्छ भन्ने प्रश्नमा करिब दुइहप्ता जति लाग्ने उनले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here