नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसद माया राई र नेता मोहनबहादुर बस्नेतका विषयलाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन्।

सभापति देउवाको अध्यक्षतामा भएको बैठकमा सभापति देउवाले राजनीतिमा हामी पनि जेल बसेर आएका हौँ, त्यो विषयलाई ठूलो अर्थमा नलिन आग्रह गरेका संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। उनीहरूविरुद्ध मुद्दा चलिरहेको छ। बस्नेत भने निलम्बनमा छन्।

बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ। बैठकपछि उनले भने, “बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढङ्गले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गर्नुभयो।”

बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here