अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनु भएकी २८ वर्षीय कविता तामाङ यतिबेला आफ्नो जीवन बचाउनका लागि सहयोग याचना गरिरहनु भएको छ ।

रतगको क्यान्सर उपचार गराईरहनु भएकी उहाँले थप उपचारका लागि आर्थिक समस्या भएको नेपाल ट्युबलाई बताउनुभएको छ। उहाँले ६ पटक किमो थेरापी गरिसक्नु भएको र बोनम्यारो ट्रान्सप्लान्ट गर्न थप रकम आवश्यक पर्ने भएकाले उहाँले ‘गो फन्ड मी’ अभियान सुरु गर्नुभएको छ ।

आफ्नो क्यान्सरविरुद्धको उपचारमा सबैलाई सकेको सहयोग गरिदिनुहुन उहाँको अनुरोध छ । तीन वर्ष अगाडि चितवनको भरतुपरबाट नर्सिङ पढ्नका लागि आफ्नो श्रीमानसँग कविता अस्ट्रेलिया जानुभएको थियो ।

उहाँ अहिले वेस्टर्न सिड्नी विश्वविद्यालमा अध्ययन गर्दै हुनुहुन्छ भने उपचारपछि रोगी नेपालीहरुको सेवामा लाग्ने लक्ष्य लिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here