मुगु जिल्लामा नेपाल लाइभ इन्स्योरेन्स कम्पनी अन्तर्गतको पेसागत बिमा अभिकर्ता संघ मुगुको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

पहिलो अधिवेशनमा मान प्रसाद भट्टको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति गठन भयको थियो भने आज सम्पन्न भएको अधिवेशनबाट भिम प्रसाद जैसिको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित भएका अध्यक्ष भिम प्रसाद जैसी , उपाध्यक्ष लोकेन्द्र बहादुर भण्डारी , कोषाध्यक्ष,सुकुमाया शाही , सचीव हरिमन भण्डारी , सह – सचिव सर्जन कुमार शाही र छ जना सदस्यहरु गरि जम्मा ११ जनाको कार्यसमिती मनोनीत गरिएको हो ।

आज मुगुमा भएको दोस्रो पेसागत बिमा अभिकर्ता अधिवेशन केन्द्रिय उपाध्यक्ष जुवारिलाल चौलागाईं र कर्णाली प्रदेश अध्यक्ष किर्पराज भट्टकोको अगुवाई र उपस्थितिमा सम्पन्न गरिएको हो ।

पेसागत बिमा अभिकर्ता संघ कर्णाली प्रदेश अध्यक्ष भट्टले आफ्नो भनाइ राख्दै नेपाल लाइभ इन्स्योरेन्स कम्पनी अन्तर्गत पेसागत बिमा अभिकर्ता भई काम गर्दै आएका अभिकर्ताहरुको हक र अधिकारको लागी समस्या परेको समयमा एक भएर सहयोग गर्नको लागी यो छाता संगठन तयारी भएर बताए ।

नवनिर्वाचित पेसागत बिमा अभिकर्ता संघ मुगुका अध्यक्ष भिम प्रसाद जैसिले आफ्नो भनाइ राख्दै मुगुमा अब दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिले अब नयाँ तरिकामा पेसागत हक-हितका कार्य गर्नको लागी आफ्नो पहिलो प्राथमिकतामा रहने र सबैजना सहकार्य गरेर अगाडि बढने कुरामा प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here