ख्रीष्टमस उत्सवकाे अवसरमा खुल्ला रक्तदान कार्यक्रम सन्चालन।

चितवनको भरतपुर-१० चाैविसकाेठीमा ख्रीष्टमस उत्सवकाे अवसर पारेर महानगरीय ख्रीष्टिय समाजले खुल्ला रक्तदान कार्यक्रम आयाेजना गरेकाे हाे । उक्त कार्यक्रममा प्रमुख अतिथि भरतपुर १० काे वडा अध्यक्ष परमेश्वर खनालकाे उपस्थित रहेको थियो ।

बिहान ७:०० बजे देखि सुरु भएको साे कार्यक्रममा रक्तदानकाे लागि करिब सय जना सहभागी रहने आयाेजकले जानकारी दिए ।

महानगरीय ख्रीष्टिय समाजका अध्यक्ष किरण खातीले भन्नुभयो ‘भतपुर मेडिकल हबकाे रुपमा विकसित भैरहेकाे र रगतको अभाव भएकोले छिमेकीलाई प्रेम गर्नु भन्ने धर्म शास्त्रकाे वचन अनुसार ख्रिष्टकाे प्रेम र रगतको बलिदानले मानवजातीलाई बचाउनुभयाे यसरी नै हामीले रक्तदान गरेर प्रेम प्रकट गर्नु पर्दछ।’

त्यस्तै, रक्तदान नै जीवनदान हाे र येशु ख्रीष्ट संसारकाे मानिसहरुकाे पाप क्षमा गर्न काे लागि यस संसारमा आउनुभएर बलिदान स्वरुप रगत बगाएर जीवन दिनुभएको कारण यसै विस्वासले रक्तदानकाे लागि आफुहरु अभिप्रेरित भएको रक्तदानमा सहभागीहरुले जनाए ।

इसाई समुदायले आफ्नो मुल्यमान्यता अनुसार रक्तादानकाे लागि उत्साहजनक सहभागीता सहित सहयोग गरेकाेमा धन्यवाद दिंदै अन्य समुदायले पनि प्रेरणाकाे रुपमा अनुसरण गर्नु पर्ने भरतपुर अस्पतालकाे बल्ड बैंक इन्चार्ज बिस्नु प्रसाद बास्तोलाले बताउनुभयो ।

फाेटाेफिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here