प्रधानमन्त्री शेरबहादुर देउवाले अब उप्रान्त आफ्नो प्रशंसा गरिएका भिडियोहरु सामाजिक संजालमा नआउने बताउनु भएको छ ।

शुक्रबार आफ्नै निवासमा बसेको काँग्रैस केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको उत्तर दिँदै देउवाले आगामी दिनमा आफ्नो प्रशंसाका भिडियो नआउने बताउनुभयो ।

उक्त खालका भिडियोबाट बच्न सुझाव दिएका एक नेतालाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले त्यस किसिमका भिडियो नबनाउन निर्देशन दिइसकेको बताउनुभयो ।

देउवाले भन्नुभएको छ, ‘मैले उक्त भिडियो बनाउनेलाई रोक्न भनिसकेको छु। अब उप्रान्त यस्तो भिडियो आउँदैन।’

प्रधानमन्त्री शेरबहादुर देउवाकै सचिवालयबाट देउवा मलाई मनपर्छ भन्दै भिडियोहरु सार्वजनिक भएका थिए । उक्त किसिमका भिडियोहरुलाई लिएर नेपाली काँग्रेमा चर्को आलोचना भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here