काठमाडौं: कैलालीको धनगढीमा सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी दुर्घ`टना भएको छ।
मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा४च १३७७ नम्बरको गाडीले ठ`क्कर दिएको बताइएको छ।
धनगढी विमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठ`क्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
गाईलाई ठ`क्कर दिएर अनियन्त्रित भएको कारले मन्त्रीको गाडीलाई पनि ठ`क्कर दिएको प्रहरीले बताएको छ। मन्त्री सवार गाडी दु`र्घ`टनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगर गएका छन्।
ठ`क्कर दिने गाडीमा सवार सबै सकुसल रहेको जनाइएको छ। गाडी चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। नेपाल समाचार बाट





