बांके , कोहलपुर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम बुधबार एक कार्यक्रम बिच पदाधिकारीलाई पन्चेबाजा सहितको स्वागतका साथ सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। 
नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घघाटन भएको थियो।
कोहलपुर जेसिजका पुर्व अध्यक्ष राम प्रसाद पाण्डेले २०२२ का अध्यक्ष लगाएत सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै जेसिज सामाजिक क्रियाकलापमा अगाडी बढेको र कतिपय कामहरु कोभिडको कारणले गर्दा पुरा हुन नसकेको उनले जिकिर गरे।
उनले भने ‘ कोहलपुर नगरपालिका संग जग्गाको लागि पहल गरेर जेसिजकाे लागि आफ्नै जग्गा उपलब्ध गराउन सफल भएकाे छ अब कोहलपुर जेसिजले ०२२ मा आफ्नै भवन निर्माण गर्नेछ’। 
नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीले व्यक्तित्व विकासका लागि तालिमहरु संचालन गर्न , जेसिजको मिसन र भिजन अनुसार कार्यक्रम तथा अब बन्ने काेहलपुर जेसिज भवनको लागि सक्दाे पहल र सहयोग गर्ने प्रतिबद्धता जनाए।





