स्कुटी अनियन्त्रित भई पल्टिएर खोलामा बजारिन पुग्दा

नुवाकोट । जिल्लाको तादी गाउँपालिका ४ मा खोलाले बगाउँदा एक शिक्षिकाको मृत्यु भएको छ ।
विद्यालय जाँदै गर्दा शुक्रबार बिहान स्कुटी अनियन्त्रित भई पल्टिएर खोलामा बजारिन पुग्दा सुन्दरा माध्यमिक विद्यालय सातबिसेकी शिक्षिका राधिका आचार्यको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय खरानीटारका इन्स्पेक्टर योगेश खरेलले मृतकको शव जिल्ला अस्पताल त्रिशूली पठाइएकोले घटनाबारे विस्तृत पोस्टमार्टम रिपोर्टपछि आउने ग्लोबल मिडियालाई जानकारी दिनुभयो ।
घिरौंला भीर भन्ने ठाउँमा पल्टिएर स्कुटर भिरमै अड्किएको र नदीमा पुगेकी आचार्यलाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए । अन्दाजी ३५ वर्षीय आचार्य दुप्चेश्वर गाउँपालिका ६ की स्थायी बासिन्दा हुनुहुन्थ्यो । घटना सातबिसेबाट करिब एक किलोमिटर पूर्वतर्फ पर्छ ।