मुख्यमन्त्री पाण्डेको अस्पताललाई सम्पत्ति कर तिर्न मेयर बालेनको १० दिने अल्टिमेटम, अब के गर्लान् ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसहितको शेयर रहेको मनमोहन अस्पताललाई सम्पत्ति कर तिर्न १० दिनको अल्टिमेटम दिएका छन् ।

मेयर बालेनको निर्देशनमा काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले मनमोहन अस्पतालसहित १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन पत्र काटेका हुन् । मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पतालमा मुख्यमन्त्री पाण्डे, डा. बंशिधर मिश्र, पूर्व समाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीसहितको शेयर रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button