पर्वतमा पहिरोले पुरिएर पाँचजनाको मृत्यु, चारजना बेपत्ता

पोखरा । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा पाँचजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनीको मृत्यु भएको छ । मृतक अरु दुईजनाको पनि शव फेला परेको छ ।

प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले बिहानैबाट पनि थप सुरक्षाकी उद्धार र बेपत्ताको खोजीमा जुटेका छन् । अहिले बिहान दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि शनिबार राति तीनजनाको शव फेला परेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button