बाँकेबाट हराइरहेका दुई बालिका पोखरा यस्तो अवस्थामा लुम्लेको होटेलमा फेला परे

असोज ४ गते घरबाटै हराइरहेका बाँकेका दुई बालिका पोखराको लुम्लेस्थित एक होटलमा फेला परेका छन्।

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियाका १३ वर्षीया बन्दना बिक र ११ निशा परियार सम्पर्कबिहिन भएका थिए। त्यसपछि खोजी गर्ने क्रममा फेला नपरेपछि परिवारजन चिन्तित थिए।

 

इलाका प्रहरी कार्यालय कुसुमका निमित्त इन्चार्ज प्रहरी सहायक निरीक्षक टेकबहादुर केसीका अनुसार बन्दनाकी आमाले खोजी गरिदिन निवेदन दिएकी थिइन्।बन्दनाका बुबा र कान्छी आमा झन्डै ८ महिना पहिले लुम्लेको एक होटेलमा काम गर्न जाँदा बन्दनालाई समेत लिएर गएका थिए। कतै फेला नपरेपछि प्रहरीले आफन्तलाई त्यहीँ जान सुझाएको थियो।

 

आफन्त लुम्मेपुगेपछि उनीहरूलाई त्यहीँ फेला पारेर घर ल्याएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए।

‘तीन दिन अगाडि नै ती बालिकालाई फेला पारि आफन्तले घर फिर्ता ल्याइसके,’ डिएसपी मल्लले भने, ‘उनीहरु ट्रक चढेर चितवनसम्म र त्यहाँबाट बस चढेर लुम्ले पुगेका रहेछन्।’असोज ४ गते बेलुका निशाले बन्दनालाई आफ्नो घरमा खाना खान बोलाएकी थिइन्। उनीहरुले खानासमेत नखाइ घर छोडेर गएका थिए।

 

निशा स्थानीय कुसुमेश्वर माध्यमिक विद्यालयको कक्षा ४ र बन्दना कक्षा ३ मा अध्यनरत थिए। त्यसदिन निशाले घरमा आफू एक्लै रहेको भन्दै बन्दनालाई आफ्नो घरमा खाना खान र सुत्न भनेर बोलाएकी थिइन्।

प्रहरी स्रोतका अनुसार ती दुबै बालिकाका आमाहरु दोस्रो बिहे गरी अन्यत्र गइसकेका छन्। उनीहरू दुबैका बुवा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन्। निशा मावली हजुरबुवासँग र बन्दना कान्छी आमासँग बस्दै आएकी थिइन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button