बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

बिधान कार्कीको निर्देशनमा तयार भएको ‘ मैले बोलेको छैन ‘ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बुद्ध लामा, अस्मिता अधिकारी, कृष्णा काफ्ले र समिक्षा अधिकारीको आवाजमा रहेको छ भने गीतमा अर्जुन पोख्रेलको संगीत र शब्द रहेको छ। गीतको भिडियोमा पनि यिनै चार गायक-गायिकाको अभिनयलाई देख्न सकिन्छ । बिधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव नेपालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।