कैलालीमा १२ बर्षमा पनि बनेन् पुल (भिडियो सहित)

क्षितिज, प्रकाश
कैलाली : कन्द्रा खाेलाले भजिनी नगरपालिकाकाे ३ र ५ वडालाई जाेड्दछ। विषेश गरेर बर्षादकाे समयमा खाेला सानै पानी परेता पनि एकैछिनमा तर्न नसक्ने हुने गर्दछ। अहिले पनि स्थानीय बासिन्दाहरु काठकाे डुङ्गामा दैनिक सयौंको संख्यामा बजारबाट किनमेल गरेर ल्याएका सामन समेत ज्यानै जाेखिममा राखेर वारिपारी गर्ने गर्छन् ।
थेकीपुर स्थित निर्माण कम्पनीले उक्त खाेलामा पुल निर्माण कार्य सुरु गरेकाे १२ वर्ष थाल्यो तर अझै सम्पन्न हुने टुङ्गो छैन। हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्ड थेकीपुरदेखि धनगढीकाे दुरी करिब ४८ किलोमिटर छ। दैनिक सयौंकाे संख्यामा यात्रुहरु याे सडक हुदै आवतजावत गर्नेगर्छन्। कान्द्रा नदिमा पुल नबन्दा यस रुडमा चल्ने सवारी साधनहरुले यात्रुहरुलाई नदिछेउसम्म ओर्हाल्छन्। दैनिक सयौं सवारीसाधनहरु आवतजावत गर्नुपर्ने सडकखण्डमा १२ बर्ष सम्ममा पनि किन पुल बनेन् भन्ने नागरिक पत्रिकाकाे प्रश्नमा एक स्थानीयले भने ‘ निर्माण कम्पनीको पहुँच माथि सम्मै रहेछ, कसैकाे कुरा पनि सुन्दैनन् रे!’ त्यस्तै भजनी नगरपालिकाकाे एक सदस्यले भने ‘मेयर र हाम्रो टिम सम्बन्धि सबै निकाएमा पहल गर्न गयौं तर केही चलेन।’
राज्यकाे काेषबाट दाेहन गरि आयाेजना अलपत्र पार्ने निर्माण कम्पनी र सम्बन्धि निकाए संग गरेकाे पहल काे बिषयमा नागरिक पत्रिका संग मेयर केवल चाैधरी भन्छन् ‘याे बिषयमा विगतमा के-के भयाे केही जानकारी छैन।’ भन्दै विषयलाई छायामा पार्न खाेजियाे तर पटकपटक विवरण मागेपछि मेयर चाैधरीले भने एकिकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालकाे सांसदले ठेक्का लिएको भन्छन् यसकाे बिषयमा नगरपालिका ,भाैतीक मन्त्राालय कसैले पनि कुनै विवरण दिंदैन, अब आउंदाे पुस-माघ सम्ममा पनि निर्माण पूरा नभए हामी कडा रुपमा पहल गर्छाैं ।
भिडियो पनि हेर्नुस्