नेपालमा थप जनामा १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि(

काठमाडौं । नेपालमा सोमबार थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।
यसैबिच सोमबार थप ६ सय २६ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १३ हजार ७ सय ५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा आज थप ६ सय २६ जना घर फर्केको जानकारी दिएका हुन् । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।
Source:- OS Nepal