खुशीको खबर, नेपालमा आज कोरोनालाई जितेर थप ६ सय २६ जना घर फर्के

काठमाडौं, साउन १२ । नेपालमा सोमबार थप ६ सय २६ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १३ हजार ७ सय ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा आज थप ६ सय २६ जना घर फर्केको जानकारी दिएका हुन् ।

 

नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

 

त्यस्तै नेपालमा सोमबार थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिँदै नेपालमा कुल ४ हजा ९५० जना सक्रिय संक्रमित रहेको जानकारी दिए । देशभरका असपताल र आइसोलेसन कक्षमा उनीहरुको उपचार भइरहेको डा गौतमले बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button