भारतमा कोरोना संक्रमितको दर हजारौँले घट्यो, मृत्यु संख्या पनि घट्दो

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि हिजो सर्वाधिक ५० हजारभन्दा बढी संक्रमित पुष्टि भएकामा ४ हजार बढी संक्रमित घटेपछि ४६ हजारमा संक्रमण भएको वल्डोमिर्टसले जनाएको छ ।

वल्डोमिर्टसका अनुसार भारतमा कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुग्दा ९ लाख ५३ हजार १८९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

हाल अस्पतालमा ४ लाख ९५ हजार ८६६ जनाको उपचार भइरहेको छ । त्यस्तै भारतमा कोरोनाका कारण हालसम्म ३३ हजार ४४८ जनाको मृत्यु हु्ँदा पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । यसअघि सोमबार ७१४ जनाको मृत्यु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button