चिनिया वैज्ञानिक गाओले गरे आफैले लगाएर कोरोना भाइरसको खोप परीक्षण

एजेन्सी-चिनिया वैज्ञानिक गाओ फूले कोरोना भाइरसको खोप आफुले लिएर खोप परिक्षण गरेका छन् । प्रमुख भाइरोलोजिस्ट र प्रतिरक्षासम्बन्धी वैज्ञानिक तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख गाओले खोपले अनुमति पाएपछि अरुलाई प्रयोगका लागि उत्साहित गर्नु रहेको बताउदै आफुले खोप आफै लगाएर परिक्षण गरेको बताएका छन् ।

फूले भने, ‘म आफैँले पनि एक खोप लगाएको छु । मलाई आशा छ यसले काम गर्नेछ ।’ चीनको ई–कमर्स कम्पनी अलीबाबा र वैज्ञानिक जर्नल प्रकाशित गर्ने अमेरिकी प्रकाशक सेल प्रेसद्धारा आयोजित एक सेमिनारमा सहभागी उनले आफुले खोप लगाउको बताए पनि खोप कहिले र कसरी लिए भन्नेबारे भने केही बताएका छैनन् ।

चीनमा सरकारको अनुमति पाउनअघि नै एक सरकारी कम्पनीले मार्च महिनामा आफ्ना कर्मचारीहरुलाई प्रयोगको रुपमा यसको खोप दिएको थियो । विश्वभरमा करिब दुई दर्जन कोभिड खोप विकास परियोजनाका मानव परीक्षणको चरणमा छन् र यीमध्ये ८ वटा चीनका छन् ।विज्ञहरूले पनि यसको बारेमा चिन्ता व्यक्त गरे। गाओ फूको दावीले कोरोना खोपको विकासको लागि चीन र संयुक्त राज्य अमेरिका र बेलायतसँगको प्रतिस्पर्धाप्रति ध्यान आकर्षित गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button