गृह मन्त्रालयले माग्यो १७६ कर्मचारी: १२ पास भए मात्र पनि पुग्ने, तलब ३६ हजार !

काठमाडौँ – राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय जना भन्दा बढी जनाको लागि दरखास्त आह्वान गरेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय ७६ जनाको लागि दरखास्त आह्वान गरेको हो।

 

बुधबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा दर्ता अपरेटर चाहिएको जनाएको छ।

१२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्नेछन्। दरखास्त दिनेहरु कम्प्युटर सम्बन्धि कार्य गरेको र कम्प्युटर सम्बन्धि तालिम समेत लिएको हुनुपर्नेछ। नियुक्त हुनेहरुले दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ।

 

अन्य विवरण निम्नको सूचनामा छ –

https://donidcr.gov.np

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button