अस्पतालका कर्मचारीमा पनि देखिन थालेपछि थालियो यस्तो तयारी,डाक्टर र नर्ससहित अस्पतालका २८ जनामा देखियो

वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित २८ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएको छ ।

 

कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरेर २८ जनामा संक्रमणको पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले ओएस नेपालालई जानकारी दिए ।

डा उपाध्यायका अनुसार संक्रमणको पुष्टि भएका डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेिडकल अधिकृत रहेका छन्।

अस्पताल स्रोतका अनुसार अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजेटिभ देखिएसँगै विरगञ्जको अस्पतालमा उपचार गर्ने बेडको समेत अभाव भएपछि होम आइसोलेसनमा नै राखेर उपचार थालिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button