नेपालमा संक्रमित मध्ये ३६ कोरोना संक्रमित सिकिस्त : २ जना भेन्टिलेटरमा, ३४ आइसीयूयमा

नेपालमा उपचारको अवस्थामा रहेका मध्ये ३६ जना सिकिस्त अवस्थामा रहेको खुल्न आएको छ ।

उपचारको अवस्थामा रहेका ५ हजार ७३२ जना मध्य ३६ जना सिकिस्त अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले सोमवार अपरान्ह चारबजेसम्म ध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको हो ।

सबैभन्दा बढी बागमती प्रदेशमा २१ संक्रमित आइसीयूमा छन् भने एक जना भेन्टिलेटरमा रहेको बताइएको छ ।

प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एक(एकजना बिरामी आइसीयूमा रहेका छन् । यस्तै प्रदेश नम्बर २ मा सात जना आइसीयूमा, प्रदेश नम्बर १ मा तीन जना आइसीयूमा र एक जना भेन्टिलेटरमा रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button