नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको दर

नेपालमा आइतबार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३७ वटा प्रयोगशालमा गरिएको परिक्षणमा ३ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।
त्यस्तै आइतबार ४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा अहिलेसम्म १६ हजार ३५३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
आजसम्म ६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लाइभ अपडेटमा जानकारी दिए । यो समाचार तयार पार्दासम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या संख्या ७३ जना रहेका छन् ।