सोलुखुम्बुको चोकर्मा ताल फुट्यो, सोलु दुधकुण्ड नगरपालिका क्षेत्र जोखिममा

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका भित्र पर्ने दुधकुण्ड पोखरी नजिकै रहेको चोकर्मा ताल फुटेको छ।

तालको पानी सोलुखोलामा मिसिंदा सोलुखोलामा पानीको वहाव ह्वात्तै बढेको छ । अधिक वर्षा हुँदा जोखिम बढ्न सक्ने सोलु नगरपालिकाका मेयर नामगेल जाङ्बु शेर्पाले जानकारी दिए। यसबाट नगरपालिका क्षेत्रका केही वस्तीमा असर पर्याउने सम्भावना रहेको शेर्पाले बताए ।

मौसम अनुकुल हुनासाथ हेलिकप्टरबाट अवलोकन गर्न जाने तयारी भईरहेको मेयर शेर्पाले बताए । निरन्तरको वर्षाले खोलामा पानीको बहाव बढेको छ भने बेनी, साल्मी, बल्डोक, नेचा सल्यानका केहि भुभाग र खोटाङका केहि भुभागमा समेत जोखिम बढेको मेयर शेर्पाले जानकारी दिए ।

मेयर शेर्पाका अनुसार ताल फुटेको क्षेत्रमा पुग्न हिंडेर करिब दुई दिन लाग्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button