देशभर कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले गर्यो यस्ता महत्वपूर्ण निर्णय

काठमाडौँ उपत्यका सहित देशभर कोरोना संक्रमण महामारीको रुपमा फैलिन थालेपछि सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि खोल्ने तयारी गरिएको लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
मन्त्री खतिवडाका अनुसार सरकारले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने र बाहिर जान पनि कडाईका साथ रोक्ने निर्णय गरेको छ ।
आजको बैठकले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि बिरामीहरुलाई पास भउको खण्डमा मात्रै छुट दिइने निर्णय गरिएको छ ।
नेपालमा काठमाडौँ उपत्यका सहित देशभर दैनिक ४ सयको हाराहारीमा कोरोना संक्रमित फेला परेका बेला मृतकको संख्या पनि बढेका बेला सरकारले यस्तो निर्णय गरेको हो ।