भारतमा कोरोना विरुद्ध ३ वटा खोप निर्माणको काम अन्तिम चरणमा : मोदी

भारतले कोरोना भ्याक्सिनविरुद्ध ३ वटा खोप निर्माणको अन्तिम चरणको काम गरिरहेको छ । यो खबरको रहस्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक गरेका हुन् ।
शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले कोरोना कहरले विश्वलाई नै त्रसित बनाएको उल्लेख गर्दै भने छिट्टै ‘भारतमा बनेको कोरोना खोप’ उपलब्ध हुनेछ ।
सबै नागरिकलाई हेल्थ आइडी उपलब्ध गराइने बताउँदै प्रम मोदीले भने छिट्टै नै देशभर नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिनेछ ।
सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने उत्सुकताकाबिच मोदीको यो नयाँ सन्देशले राहात दिएका बेला मोदीले भारतमा एउटा होइन, तीन–तीन वटा खोप अलग–अलग चरणको परीक्षणमा रहेको उल्लेख गर्दै एक पटक स्वीकृति पाएसँगै हामीले व्यापक मात्रामा उत्पादन गर्ने जानकारी समेत सो अवसरमा दिएका छन् ।