कोहलपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुदै

किशोर शाही,

कोहलपुर / बाँके जिल्लाको कोहलपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा र कोहलपुर जेसिजको सहजीकरणमा असार १७ गते दिउँसो ३ बजे नगरपालिकाको सभा हलमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको हो  ।

जनताको प्रष्ट जनमत सुन्ने , समस्या र गुनासो सुन्ने जनताको सवालको जवाफ दिने कार्यक्रम सार्वजनिक सुनुवाई कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्यको प्रमुख अतिथ्यतामा , उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको विषेश उपस्तिथि हुने भएको छ ।

सुनवाई कार्यक्रममा १५ वटै वडाका जनप्रतिनिधिहरु , राजनीतिकर्मी, व्यवसायी , पत्रकार बन्धु , समाजसेवी बुद्दिजिवी लगाएत नगरवासीको उपस्तिथि हुने कोहलपुर जेसिजका अध्यक्ष धुर्व आचार्यले जानकारी दिएका छन । उनका अनुसार कोहलपुर नगरपालिकाका प्रमुख , उपप्रमुख , प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरुले जनताको सवालको जवाफ दिनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button