काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो

नेपालमा कोरोना संक्रमणको दर उच्च र मृतकको संख्या बढेका बेला काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

काठमाडौंका ६० वर्षीय पुरुषको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । साउन २० गतेदेखी पाटन अस्पतालमा उपचार गराइरहेका ति पुरुषको मृत्यु भने सरकारले पुष्टि गर्न भने बाँकी नै रहेको छ ।

आज काठमाडौँ उपत्यकामा १७२ सहित देशभर ६४१ जनामा कोरोना संक्रमण भएर अवस्था भयाभह बनिरहेका बेला कोरोनाबाट १ सय ४ जनाले ज्यान गुमाइसेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button