कोरोना संक्रमणबाट नेपालमा आज ६ जनाको ज्यान गयो

नेपालमा पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।  नेपालमा आज ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा काठमाडौँका १, बदिर्यामा १ पुरुष तथा मोरगं, भक्तपुर सुनसरी र चितवनमा १—१ जना महिला गरी जम्मा ६ जनाले ज्यान गुमाएका छन् ।
यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २० जनाले कोरोनालाई जितेर फर्किएका छन् । नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  जसमध्ये ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार १ सय १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

To watch Covid-19 update please click this link below:-

https://www.facebook.com/watch/?v=337467433961307&extid=lVchKqYCHzBVtR83

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button