जुम्लामा पहिलो पटक एकैचोटी ५१ जनामा देखियो कोरोना संक्रमण

जुम्लामा एकै पटक थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘ परिक्षणमा एकैपटक ५१ जनामा एकैपटक कोरोना पुष्टि भएको हो । यति धेरैजनामा संक्रमण देखिएको जुम्लामा पहिलो पटक देखिएको हो ।

गएको शुक्रबारदेखि अर्को आदेश नभएसम्मका लागि जुम्लाको चन्दननाथ नगरपालिकासहित सातओटै स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । संक्रमितहरुको सम्पर्कमा आएका सबैजनाको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम सुरु गरिएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button