आज नेपालमा कोरोनाका कारण ८ जनाको मृत्यु,कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५७

आज नेपालमा ८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा देशभर मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् ।

 

योसँगै नेपालमा  जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ पुगेको छ  भने पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै आज १ सय ७५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

 

यो सँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १८ हजार ८ सय पुगेको छ । यसैबिच आज मात्रै काठमाडौं उपत्यकामा आज २ सय २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button