नेपालमा आज ७४३ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा आज एकैदिन ७४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २४६ महिला र ४९७ जना पुरुष गरेर कुल संक्रमितको संख्या ७४३ पुगेको हो ।
जसमध्ये काठमाडौं उपत्यकामा आज २ सय २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार आज नेपालमा आज १ सय ७५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १८ हजार ८ सय पुगेको छ ।