आज नेपालमा कोरोनाबाट २३ वर्षकी गर्भवती महिला सहित ८ जनाले ज्यान गुमाए

आज नेपालमा कोरोनाबाट ८ जनाले ज्यान गुमाएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए । आज ज्यान गुमाउनेमा १ गर्भवती सहित ८ जना रहेको बताइएको छ ।
जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् । आज ३३४ महिला ७७७ पुरुष गरेर ११११ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।
योसँगै देशभर ३५ हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । यसअघि हिजोसम्म संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो । त्यस्तै काठमाडौँमा २ सय ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।