आज नेपालमा एकैदिन ९ सय २७ जनामा कोरोनाको संक्रमण, देशभर ३६ हजार ४ सय ५६ जना संक्रमण

आज नेपालमा देशभर ९२७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए ।
यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज नेपालमा आज१ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २ ४२ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेका छन् । बितेको २४ घण्टामा १० हजार २२९ पीसीआर भएको छ ।