आज नेपालमा कोरोनाबाट १२ जनाको मृत्यु, देशभर मृत्यु हुनेको संख्या २ सय ७ Corona Update

आज नेपालमा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । । जुन शून्य दशमलव ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए ।यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।

यसैबिच नेपालमा आज ८८४ जनमा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५ सय १६ पिसिआर नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुष गरेर ८८४ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

आज थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका बिरामीहरु रहेका छन् ।त्यस्तै आज देशभरबाट ३१३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ५५५ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन ५५ प्रतिशत हो ।

६६९६२६ जनाको पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै देशभरका सरकारी अस्पतालका प्रयोगशालामा पिसिआर परिक्षणको नतिजा आउन धेरै दिन लाग्ने भएकाले चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको र धेरै दिन कुर्दा स.क्रमण समुदायमा गउको भन्दै आँफुहरुले तत्कालै परिक्षण गरेर नतिजा दिन तयार रहेको अस्पतालले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button