बाँकेमा भ्रमण बस दुर्घटना ७ काे मृत्यु (भिडियो सहित)

बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शरेगञ्जमा बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेहरूमा बर्दिया ठाकुरबाबा न.पा ९ सामुदायिक बनका भ्रमण टोली रहेकाे र मृतकको नामावली यसप्रकारका छन्।
१) वर्ष ५५ कस्तुरी थापा ( ठाकुरबाबा-९ )
२) वर्ष५० काँशीराम थारू ( ठाकुरबाबा-९ )
३) वर्ष५० रूपा परियार ( ठाकुरबाबा-९ )
४) वर्ष ३५ जयन्ति थारू ( ठाकुरबाबा-९ )
५) वर्ष ६५ साधुराम चौधरी ( ठाकुरबाबा-९ )
६) वर्ष ४५ जुग बहादुर चन्द ( ठाकुरबाबा-८ )
७) वर्ष ३५ एक जनाको पहिचान नखुलेको (गाड़ी चालक)
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दाङको धारापानी भ्रमणमा बाट फर्कदै गरेकाे बेतहनी सामुदायिक बन उपभोक्ता समितिकाे भ्रमण टाेलि कोहलपुर आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस दाङको राप्तीसाेनारी गाउंपालिका-८ शमशेरगंज स्थति रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठाेकिदा साे दुर्घटना भएको हाे।
दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै २७ जना घाइते , २ जना काे अवस्था गम्भीर रहेकाे छ भने ५ जनालाई सकुशल उद्दार गर्ने सफल भएको छ।
प्रहरीले घटना स्थलबाट नेपालगञ्ज मेडिकल कलेजमा घाइतेहरुलाई ल्याएकाे हाे । साे बसमा ४१ जना यात्रु रहेको ज इलाका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा थप उपचार भइरहेको छ ।