आज नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १२ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि र थप १४ जनाको मृत्यु

आज नेपालमा अहिलेसम्मकै सर्वाधिक १२ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ।  त्यस्तै नेपालमा आज २ सय ६७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

 

छिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । स्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।

 

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button