आज नेपालमा १३ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ उपत्यकामा आज थप ७६७ जना कोरोना भाइरसका संक्रमण पुष्टि भ एको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ ६०२ , भक्तपुर १०१ र ललितपुरमा ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।यस्तै उपत्यकासहित देशभर भने १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै हाल्सम्म कुल संक्रमितको संख्या ६४,१२२ पुगेको छ ।
पछिल्ला दिनमा देशभरका अन्य जिल्लामा आधा र काठमाडौँ उपत्यकामा आधा जस्तो कोरोना संक्रमितहरु फेला परिरहेका छन् । यसैबिच नेपालमा आज ९ सय ६६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित कोरोनालाई जित्नेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।
यसैबिच आज देशभर ९५८४ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये १३ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आज सक्रिय संक्रमितको संख्या १७४७८ रहेको छ । ७४५१ जना मानिसहरु क्वारेन्टिनमा रहेका छन् ।