रारामा छायांकन भएको पहिलो देउडा भिडियो सार्वजनिक (भिडसहित)

सर्जन कुमार शाही
मुगु , मुगुका एक युवा पछिल्लो समयमा एक पछि अर्को राम्रा राम्रा सृजना बजारमा पस्किदै आएका गायक, गितकार ,संगीतकार ,साहित्यकार तथा बहुप्रतिभा का धनी हिक्मत शाही क्षितिजको शब्द/ संगीत , अहिले कि चर्चित गायिका पुजा देबकोटा र नबोदिद गायक धिरज सिंह को सुमधुर स्वरमा रहेको सम्झ्या मात्रै न रोया देउडा गित सार्वजनिक भएको छ ।
स्वर्गकी अप्सरा रारा तालमा छायांकन भएको उक्त गितमा अभिनय तर्फ हिक्मत शाही क्षितिज ,सैलेश हमाल,सृजना गिरिको रहेको छ भने क्यामरामा उब्जन युके र निर्देशन स्वयम हिक्मतले गरेका थिए । रारा तालमा आउने पर्यटकलाई दिइने सम्मान,सत्कार साथै माझी दाइको जिन्दगी को कथा यस गितको भिडियो मा देख्न सकिन्छ Hikmat shahi kshitiz official youtube बाट पुस २९ आइतबार बाट युटुबमा सार्वजनिक भएको छ ।
रारा को पर्यटन बिकाश,प्रबन्धक ,प्रचारप्रसार मा थप सहयोग पुग्ने भएकोले धेरै दुख कष्ट गरेर रारामै सुटिङ गरिएको हिक्मत शाही क्षितिजले बताए ।
भिडियो हेर्ने तलको लिङ्कमा किलिक्क गर्नुहाेस् ।