‘धोकेबाज’गायिकाले बैजनाथ महोत्सवमॉकट्टा’हानिन्

बैजनाथ-  माघ १० गतेदेखि जारी प्रथम बैजनाथ महोत्सव भव्य रुपमा चलिरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ समितिको आयोजनामा सुरु भएको महोत्सवको सातौ दिनपनि भव्य रुपमा सम्पन्न भएको हो । प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुति भइरहेको छ । दैनिक हजारौ दर्शकहरुले मेलाको अवलोकन गर्दै आएको आयोजको भनाइ छ । बिहीबार स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुति रहेको थियो ।‘मेहनत सृजना,उत्पादन र वस्तु ः मेरै नेपालको’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको प्रथम बैजनाथ तथा छैटौं औधोगिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव–२०८० मा राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिए ।
महोत्सवको नवौं दिन चर्चित लोकप्रिय गायिका एलिना चौहानले आफ्नो बेजोड प्रस्तुति दिइन् । एलिना चौहानले बजारमा चर्चित भएका गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । महोत्सवमा एलिनाले भर्खरै बजारमा आएको ‘कट्टा हान्दिन्छु,’ भन्ने गीत सुनाइन् । उक्त गीतमा दर्शकहरु झुमेका थिए । उक्त गीत भर्खरै बजारमा आएको हो । पछिल्लो समय उनले हरेक महोत्सवमा उक्त गीत सुनाउने गरेकी छन् । यस्तै उनले बहुचर्चित गीत ‘धोकेबाज हौ तिमी’ सुनाइन् । यो गीतले नै उनलाई धोकेबाज गायिका ट्याग दिएको छ । उनी संगीतप्रेमी माझ एलिना कम धोकेबाज गायिका उपमानले बढी चिनिन्छन् । यसैगरी उनले ‘मिनिरल वाटर’, ‘यो भाग्यमा खोट छ’लगायतका चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । चौहानले गाएका सबै गीतहरुमा दर्शकहरु स्वरमा स्वर मिलाउदै हर्षाउल्लासका साथ रमाएका थिए । यस्तै नृत्यकार अस्मिता रणपालको समेत प्रस्तुति रहेको थियो । यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने महोत्सवका संयोजक सुमन विश्वकर्माले जानकारी दिए । महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button