सात बर्ष वित्याे ताेकेनन् साेरुले केन्द्र

सर्जन कुमार शाही
सात बर्ष बितिसक्दा सम्म पनि सोरु गाउँपालिकाको केन्द्र तोकिएकाे छनै ।
मुगु जिल्ला स्थित सोरु गाउपालिकाको केन्द्र निर्माण नहुँदा पूर्बाधार निर्माणमा समस्या परेको छ ।
नेपालका ७ सय ५३ वटा स्थानीयतहरु मध्ये मुगुको सोरु गाउँपालिकाले अझै केन्द्र निर्धारण गर्न नसक्दा पूर्बाधार निर्माणमा समस्या परेको हाे ।
उक्त गाउँपालिकाको ६ वटा वडाका जनप्रतिनिधिहरुले जिमा कुलाहाँ र ५ वटा वडाका जनप्रतिनिधिले सोरुकोटमा केन्द्र हुनु पर्ने माग सहित एक आपसमा कुरा नमिल्दा अन्योल उत्पन्न भएको छ ।
हामीले जिमा कुलाहा“ पालिका केन्द्र हुनु पर्छ भनेका छौ वडानं.–९ का वडाअध्यक्ष सागरसम्शेर शाहीले बताए । सोरुकोटमै पालिका केन्द्र उपयुक्त हुने वडानं–२ का वडाअध्यक्ष ऐनबहादुर शाहीको आफ्नो भनाई छ ।
यस्तै जनप्रतिनिधिहरु भित्र आन्तरिक विवादका कारण ७ बर्ष बितिसक्दा सम्म पनि पालिकाको केन्द्र नतोकिनुमा जनप्रतिनिधिहरिलाई नै गिज्जाईरहेको छ ।