पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा, सूर्यदर्शन सहकारीको सर्भर बरामद

काठमाडौं- रवि लामिछाने विवादित बनेको सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ।  बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको थियो। त्यस घरमा नेचर हब इन्टर नेसनल प्रालीको अफिस थियो।

फरार रहेका ग्यालेक्सी टेलिभिजन तथा सुदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईका व्यावसायिक साझेदार हुन्, जोशी । प्रहरी स्रोतका अनुसार सुदर्शन सहकारीको सर्भर जोशीको उक्त घरबाट बरामद भएको छ। यता पूर्व डीआईजी जोशीले बुधवार राती नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गरेका छन्।

सहकारी ठगी प्रकरणमा सुदर्शन सहकारीका सञ्चालक राईसहित थुप्रै फरार छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button