दाङको लमही नजिक बस दुर्घटना

देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बसमा सवार सबै यात्रु सकुशल रहेका छन् । बिहिवार दाङको तुलसीपुर देखि काठमाडौं जादै गरेको रा१ख ३१३२ नम्बरको यात्रुबाहक बस लमही नगरपालिका वडा नम्बर ६ कुलमाेहर नजिकै दुर्घटनामा परेको घटनास्थलमै रहनु भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ गण अर्जुनखाेलाका बरिस्ठ हवलदार राजु नेपालीले जानकारी दिए ।
उनका अनुसार बसमा सवार ३६ जना यात्रुहरू सकुशल रहेका छन् । बिहिवार बेलुकी ९ बजे बस अनियन्त्रित भइ कुलमाेहर नजिकै दुर्घटनामा परेको हाे । उद्दारका लागि अहिले सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखाेलाबाट सशस्त्र प्रहरी, अस्थायी ट्राफिक पाेष्ट लमही र वडा प्रहरी कार्यालय लमहीबाट नेपाल प्रहरी घटनास्थलमा खटिएको छ ।