विवाहकै दिन बेहुलाबेहुली नै पक्राउ खायो

स्याङ्जामा विवाहकै दिन एक जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । विवाह पश्चात् घरमा बेहुली भित्र्याउने क्रममा उक्त जोडीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

माघ ११ गते पुतलीबजार नगरपालिका-७ कि १७ वर्षीय किशोरी घरबाट कसैलाई नसोधी हिँडेपछी सम्पर्कबिहिन हुन्छिन् । परिवारको सम्पर्कमा नआएपछि किशोरीकी आमाले सोही दिन प्रहरीमा छोरी हराएको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

रानाले बालिका हराएको उजुरीको सातौं दिनमा पुतलीबजार नगरपालिका-४ का १८ वर्षीय किशोरसंग बालिकाको बालविवाह हुन लागेको खबर आएको बताए ।

हराएकी बालिका विवाह गर्ने तयारीमा रहेको खबर आएपछि उक्त जोडीबीच बालविवाह भएको हो वा होइन भन्ने विषयको अनुसन्धानमा लागेको प्रहरी टोलीले उक्त जोडी बालबालिका भएको र बालविवाह गरेको प्रमाणित भएसङ्गै उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button